
गण्डकी प्रदेशसभा
पोखरा, १९ माघ/ गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले दुईवटा विधेक अध्यादेश पारित गरेको छ । गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।
पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गरेका थिए ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका थिए । अध्यादेशमाथि छलफल समेत नगरी पास गरिएको हो ।
हालका मन्त्री रोशन गाहा मगरले अध्यादेश पारित गर्ने प्रस्ताव टेबल गरेका थिए । असोज ७ गते अध्यादेश जारी गरेपछि सरुवा बढुवा लगायत काम भएका थिए ।





