पोखरामा सहकारी व्यवस्थापक मृत फेला

-


     क्लिक गण्डकी     
     माघ १६ गते २०७९ मा प्रकाशित


शव

पोखरा, १६ माघ/ कास्कीको पोखरा महानगरपालिका–९ शिव टोलका एक सहकारी व्यवस्थापक मृत फेला परेका छन् ।

डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै मृत भेटिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीले आत्महत्या गरेको हुन सक्ने बताएको छ ।

खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा अस्पतालमा भर्ना भएकी छिन् ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धान छ ।

उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक आइतबार नै बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ । खातीका एक श्रीमती छोरी र छोरा छन् ।