
अमेरिकाबाट आएका शिव र अष्टेलियाबाट आएकी अनुष्का सँगै ज्यान गुमाए
पोखरा, ३ माघ/ कास्कीको धम्पुस घर भएका शिवकुमार गुरूङ अमेरिका र कास्की दाङसिङकी अनुष्का गुरूङ अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, दुवैमा भेट्ने घर र माइत जाने र बाआमा भेट्ने ।
विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । सोही अनुसार दुवैमा भेट भएर एउटै जहाजमा पुस २७ मा काठमार्डौ ओर्लिए ।
२ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए । काठमाडौंबाट उनीहरु जुन जहाजमा पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा प¥यो । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।
दुबै परिवारका आमा बाबु र आफन्त उनीहरुलाई कुरेको कुरेही भए । उनीहरु नफर्किने गरेर विलीन भए । आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमात्र छोरा–बुहारीको मृत्युको खबर सुन्दा विलापमा छन् ।
माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना थिए ।





