
पोखरा, २ माघ/ यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ ।
२४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्की साहेक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
बाँकी ४६ जनाको शव मंगलबार बिहान काठमाडौं पठाउने छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ ।
सोमबार राती सम्म ३ जनाको पोस्टमार्टम गरेर १ जनाको शव आफन्तलाई बुझाएको शाहीले बताए । बाँकी दुई जनाको मंगलबार बिहान देखी नै डोनको समते प्रयोग गरेर खोजी कार्य गर्ने उनले बताए ।
पोखरामा पोस्टमार्टम हुनेहरुको नाम ः
सदाकत अलि मिया
त्रिभुवन पौडेल
निशान आचार्य
ओममाया गुरुङ
यस्मिन गुरुङ
पुजन राना
अरुण पौडेल
प्रशिद्धी पौडेल
जीवनकला गुरुङ
डा. गणेश थापा
पूर्णबहादुर गुरुङ
संगीता शाही
लक्ष्मी पौडेल
निरा छन्त्याल
विजयकुमार गुरुङ
लक्की गुरुङ
शालिकराम आचार्य
मोहनप्रकाश श्रेष्ठ
सिता गुरुङ
जमुना शर्मा
बन्दना सुनार
सर्बिन श्रेष्ठ
अनुषा गुरुङ
शिवकुमार गुरुङ





