गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

-


     क्लिक गण्डकी     
     पौष ३० गते २०७९ मा प्रकाशित


कृष्ण प्रसाद धिताल

कृष्ण प्रसाद धिताल

पोखरा, ३० पुस/ गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचीत भएका हुन् ।

उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् ।
मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका छन् ।

सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । धिताल गोरखा १ (क) बाट निर्वाचित भएका थिए ।



Tags: ,