गण्डकी प्रदेशका सांसदले शपथ लिए

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका सांसदले शपथ लिए

गण्डकी प्रदेशका सांसदले शपथ लिए

पोखरा, १४ पुस/ गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदहरू पद तथा गोपनियताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाए ।

बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् ।

नेपाली काग्रेसकी सरस्वती गुरुङ, पार्वती तामाङ राप्रपाका पञ्चराम गुरुङले मातृ भाषामा सपथ लिए । कति पय सांसदहरु आफ्नो जातीय पहिरन सहित शपथ लिन आएका थिए । शपथ लिए पछि सांसदहरुका आफ्न्त र इटमित्रले खादा र माला लाउदै शुभकामना दिएका थिए ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

२४ औ पोखरा सडक महोत्सव
२४ औ पोखरा सडक महोत्सव



Tags: