गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

-


     क्लिक गण्डकी     
     पौष १२ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, १२ पुस/ गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ ।



Tags: ,