गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

-


     क्लिक गण्डकी     
     पौष १० गते २०७९ मा प्रकाशित


खगराज अधिकारी

खगराज अधिकारी

पोखरा, १० पुस/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
संसदीय दलको आइतबार बसेको बैठकले एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।

दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।



Tags: ,