गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस

-


     क्लिक गण्डकी     
     पौष २ गते २०७९ मा प्रकाशित


गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस

गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस

पोखरा, २ पुस/ निर्वाचन आयोगले गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको छ । प्रतिवेदन बुझाए सँगै नयाँ सरकारका लागि बाटो खुलेको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले प्रदेश प्रमुख गुरुङलाई गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण सहितको प्रतिवेदन बुझाए ।

कार्यक्रममा प्रदेश प्रमुख गुरुङले सफलतापूर्वक आयोगले निर्वाचन सम्पन्न गरेको भन्दै बधाई व्यक्त गरे । उनले लोकतन्त्रको महत्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको बताउँदै प्रदेश प्रमुख गुरुङले निर्वाचनलाई भव्य रुपमा सम्पन्न गराउन योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले सबैको साथ र सहयोगमा निर्वाचन सम्पन्न भएको बताए । गण्डकी प्रदेशमा प्रदेशसभा तर्फ ६० सदस्य मध्ये पुरुष ३९ जना र महिला २१ जना रहेको पौडेलले बताए । प्रतिबेदन अनुसार गण्डकी प्रदेशमा समानुपातिक तर्फ ७ वटा पार्टीले थ्रेस होल्ड कटाए पनि ४ पार्टीले मात्रै सांसद पाएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा सांसद पाए पनि हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत थ्रेस होल्ड समानुपातिकतर्फ कटाए सांसद भने पाउने सकेनन् ।

समानुपातिको सहित नेपाली काग्रेस पहिलो पार्टी बनेको छ । काग्रेसले २७ सिट जित्दा, एमालले २२ सिट, नेकपा माओवादीले ८, राप्रपा २ र राजिब गुरुङ नेकपा एसमा प्रबेश गरे सगँ एक सिट नेकपा एसको रहेको छ ।



Tags: