
पोखराको लेकसाइडमा ३ करोडका लागतमा फ्याट् मङकी रेष्टुरेण्ट
पोखरा, १ पुष/ पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङ्की रेष्टुरेण्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जिवन भट्टराईले फ्याट् मङ्की रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
चारतले भवनमा उनले तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गरेका छन् भने पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताए । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई विषेश प्रथामिकता दिएको बताए ।
फ्याट् मङ्की रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङ्कीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने गरेको उनले भनाई छ । ‘जसरी खाने कुरामा मङकी स्वतन्त्र हुन्छ,’ उनले भने ‘त्यसै गरी फ्याट् मङकी रेष्टुरेण्टमा पनि ग्राहकहरु स्वतन्त्रता पुर्वक खान अडर गरेर खान सक्छन् ।’
उनले मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी खानाका भेराइटीहरु खान सकिन्छ भने सन्देश दिन फ्याट् मङकी नाम राखेको बताए । अहिले विश्व कप फुटबललाई लक्ष्त गरेर फुटबल हेर्ने सुविधा रहेको उनले बताए । त्यसै गरी पत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत रम्न सकिने उनले बताए ।
करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण ढिलो र लागत समेत बढेको बताए । पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आएका छन् । त्यसै गरी पोखरामा फ्लाइ मङ्की प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।





