पोखराका तीन जना जवरजस्ती करणी अभियोगमा बागलुङमा पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर २६ गते २०७९ मा प्रकाशित


बलात्कार

बलात्कार

पोखरा, २६ मंसिर/ पोखराका तीन जना जवरजस्ती करणी अभियोगमा बागलुङबाट पक्राउ परेका छन् । मंसिर २४ गते पर्वत कुष्मा नगरपालिकाका ३ जना नाबालिकाहरु कोही कसैलाई नसोधि निस्कि हिडेको र आफन्तले खोजतलास गर्दै जाने क्रममा २५ गते बागलुङको एक होटलमा फेला परेका थिए ।

बागलुङ नगरपालिका २ समिट चोक स्थित रहेको एक होटलमा भेटिए पछि अविभावकले जिल्ला प्रहरी कार्यालय बागलुङमा खबर गरेका थिए ।

प्रहरी टोली खटि गई निजहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजहरू संगै सोही होटलमा ३ जना पोखरा बसोबास गर्ने पुरुष बसोबास गरी जबरजस्ती करणी गरेको भन्ने खुलेको थियो ।

जबरजस्ती करणी गरी फरार भएका तीन जनालाई प्रहरीले बाग्लुङकै विभिन्न स्थाहरुबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रशाद चौधरीले जानकारी दिए ।



Tags: