
सागर खनाल
पोखरा, २१ मंसिर/ नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ भने चार्टर्ड एकाउण्टेन्ट समेत हुन् ।
बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गरे ।
खनालले पदभार ग्रहण गरेका छन् । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ ।
खनालले अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको बताए । सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने बताए ।
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।
यस रेमिटले हाल देश भर रहेका १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।





