
पोखरामा मंसिर २४ र २५ गते सातौं पर्वतीय महोत्सव
पोखरा, १३ मंसिर/ पोखरामा मंसिर तेस्रो साता ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । मंसिर २४ र २५ गते हुने भएको छ ।
महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई जोड दिइएको आयोजकले जनाएको छ ।
पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।
‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’
यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यकमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने उनकको भनाई छ ।
संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइबिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ ।





