
पोखरा, ७ मंसिर/ गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ५ सीट जितेर दोश्रो स्थानमा छ । माओवादीले हालसम्म ३ सीटमा विजयी भएका छन् ।
१ सीट स्वतन्त्रले निविरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा विजयी भएको छ ।
एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) कास्की ३ ख र तनहुँ २ (क) मा चुनाव जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दी (ख) मा जित निकालेको छ । मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए ।





