पोखरा विमानस्थलमा सोमबार देखी क्यालिब्रेसन उडान, एरो थाई जहाज पोखरामा

-


     क्लिक गण्डकी     
     मंसिर ३ गते २०७९ मा प्रकाशित


एरो थाई जहाज पोखरामा

एरो थाई जहाज पोखरामा

पोखरा, ३ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) सोमबार देखी तयारी भएको छ । क्यालिब्रेसन उडानका लागि थाई कम्पनीको जहाज पोखरामा शनिबार आइसकेको छ ।

मंसिर ५ गते देखि १२ गते सम्म क्यालिब्रेसन उडानका लागि तयारी पुरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनले क्यालिब्रेसन उडानका लागि पोखरा २६ मा रहेको रिठेपानी डाडाँ समेत कटान भईसकेको बताए ।

सोमबार देखि क्यालिब्रेसन उडान हुन लागेको हो । हरेक दिन बिहान १० बजे देखि १ बजे सम्म र सोढे दुई बजे देखी साढे पाँच बजे सम्म क्यालिब्रेसन प्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यादलका सदस्य सचिव अनुप जोशीले जानकारी दिए ।

क्यालिब्रेसन प्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरीरहेको उनले बताए । क्यालिब्रेसन प्लाइटको समयमा नियमीत उडान प्रभावित हुने छ ।

परीक्षण उडान अघि विमानस्थल प्राविधिक लगायत हरेक पक्षमा तयार रहे नरहेको परीक्षण गर्न क्यालिब्रेसन उडान हुन लागेको हो । क्यालिब्रेसन उडान सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।



Tags: