पोखरामा चुनाव सुरक्षा गोष्ठी, ५० मतदानस्थल अति संवेदनशील

-


     क्लिक गण्डकी     
     कार्तिक २५ गते २०७९ मा प्रकाशित


पोखरामा चुनाव सुरक्षा गोष्ठी, ५० मतदानस्थल अति संवेदनशील

पोखरामा चुनाव सुरक्षा गोष्ठी, ५० मतदानस्थल अति संवेदनशील

पोखरा, २५ कात्तिक/ आसन्न चुनावलाई लिएर पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ । गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजामा भएको गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा विभिन्न दलले गरेको चुनाव बहिष्कार लगायत कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले चुनाव बहिष्कार गर्ने नेकपा विप्लव, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा नेपालको कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको बताए ।

उनका अनुसार कास्कीमा कुल १ सय ५० वटा मतदान स्थल रहेकोमा तीमध्ये अति संवेदनशील ५० वटा रहेका छन् । यस्तै संवेदनशील ४० र सामान्य ५१ वटा मतदानस्थल रहेको केसीले जानकारी दिए ।

कार्यक्रममा गृह मन्त्रालयका गृहसचिव विनोदप्रकाश सिंह, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली सेनाको बलाधिकृत रथी सरोज प्रताप राणा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायतको उपस्थिति छ ।