कास्की क्षेत्र नम्वर २ (१) का मतदाता भन्छन्–‘भुगोल बुझेका भिम कार्की’

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०७९ मा प्रकाशित


भिम कार्की, विद्या भट्टराइ

भिम कार्की, विद्या भट्टराइ

पोखरा,२० कार्तिक/ कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।

आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गरेका छन् । भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ ।

त्यसैगरी वडा नम्वर ३३ बाघमारा निवासी स्थानिय टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए ।

पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार पहिलो रोजाइमा रहने उल्लेख गरे ।



Tags: