नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए

-

     क्लिक गण्डकी     
     कार्तिक १२ गते २०७९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए

पोखरा, १२ कात्तिक/ नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन् ।

नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीले एमालेमा फर्केको घोषणा गरेका हुन् । उनलाई एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्ने कार्यक्रममा नेपालीले नेकपा एकीकृत समाजवादी पार्टी नेपालमै नरहने बताए । पार्टीमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाले हर्षित बनेको बताए ।

उनले बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताए ।