पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

-


     क्लिक गण्डकी     
     कार्तिक १० गते २०७९ मा प्रकाशित


पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

सागर राज तिमिल्सिना
पोखरा, १० कात्तिक/ तिहारमा सप्तरंगी टीका लगाएर पोखरामा नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १५ औं भाइटिका महोत्सव विभिन्न देशका पर्यटकहरु सप्तरंगी टीका निधारमा लगाउ दंग परे ।

संघको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटकहरु सहभागी भएका थिए । पर्यटकलाई पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टीका, माला, ढाका टोपी र सल उठ्दा पर्यटक दंग परे ।

उनीहरुले टीका लगाई सकेपछि एक अर्कालाई हेदै रमाए । निधारमा सप्तरंगी टीकाबाट सजिए पछि फोटो खिच्न व्यस्थ देखिएका थिए । नेपाली पर्व मनाउन पाएकोमा पर्यटकहरुले खुशि व्यक्त गरे ।

बालबालिकाले पर्यटकलाई नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि वालिकाहरुलाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्च होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले बताए ।

पर्यटकहरु देउसी भैलो र सांस्कृतिक कार्यक्रममा सहभागी हुदै नाचेका थिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल हुने आयोजकको विस्वास छ ।

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका