महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


चन्द्रकला लाम्गाडे

चन्द्रकला लाम्गाडे

पोखरा, २ कात्तिक/ एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारुले ४५.२० सकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।



Tags: ,