
जयरानी थारु
पोखरा, १ कात्तिक/ सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् ।
एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् ।

त्यसै गरी एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।
लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै काँस्य जितिन् ।





