पोखरामा बिएआइसी र आर्कफक्सको सोरुम

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८३ मा प्रकाशित


पोखरामा बिएआइसी र आर्कफक्सको सोरुम

पोखरामा बिएआइसी र आर्कफक्सको सोरुम

पोखरा, १९ कात्तिक/ बिएआइसी र आर्कफक्स ब्रान्डका गाडीको विक्रिका लागि पोखरामा सोरुम उद्घाटन गरिएको छ । नेपालमा बिएआइसी र आर्कफक्स सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम सञ्चालनमा ल्याइएको हो ।

सोरुमको लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरे । अध्यक्ष श्रेष्ठले पोखरामा बिएआइसी र आर्कफक्स सोरुमको उद्घाटपछि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्ड र नयाँ सवारीमा नेपालको पहुँच विस्तार हुने बताए ।

बिएआइसीको मुल्य १ करोड २५ लाख ९६ हजार रुपैयाँ रहेका छ । बिएआइसी बिजेथ्रीजिरोइ (हाइब्रिड) नेपालको भौगोलिक अवस्था र लामो दूरीको यात्रालाई लक्ष्य गरी तयार गरिएको हाइब्रिड एसयुभी हो । कठिन तथा अप्ठ्यारो सडकमा समेत सहज यात्रा गर्न सक्ने क्षमता यसको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

यसमा ६८५ एनएम टर्क उत्पादन गर्ने पावरट्रेन छ । जसको आउटपुट ३,००० सीसी इन्जिन बराबर रहेको कम्पनीको दाबी छ । ४ डब्लूडी ड्राइभट्रेनयुक्त यस एसयुभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ । यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

त्यसै गरी ३७ लाख ९६ हजार रुपैयाँ मूल्यको आर्कफक्स टिवन बिएआइसीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्स अन्तर्गतको विद्युतीय सवारी हो । यसले एकपटकको चार्जमा ३१० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४२.३ किलो पर आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कारमा काल्ब कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको । कम्पनीका अनुसार ३ हजार ५०० पटक चार्ज गरिसक्दा पनि ब्याट्रीको स्वास्थ्य क्षमता ८५ प्रतिशत कायम रहन्छ ।