पोखरामा कालिज फार्ममा चितुवा पस्यो

-


     क्लिक गण्डकी     
     कार्तिक ७ गते २०८३ मा प्रकाशित


चितुवा

चितुवा फाइल तस्बिर

पोखरा, ६ असोज/ पोखरा महानगरपालिका–११ काहुँडाँडास्थित वाइल्ड गार्डेन कालिज फार्ममा चितुवा पसेर करिब ५० वटा कालिज र २५ वटा स्थानीय कुखुरा मरेको छ ।

स्थानीय मोहन आचार्यले सञ्चालन गरेको फार्ममा चितुवा पसेर कालिज र कुखुरा मारेको हो । चितुवा फार्ममा पसेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रामबजारबाट प्रहरी हवल्दार प्रेम बाचे नेतृत्वको प्रहरी टोली पुगेको थियो ।

चितुवाको व्यवस्थापन तथा उद्धारका लागि डिभिजन वन कार्यालय कास्कीले गरेको छ ।