
पोखरा स्कुल बस दुर्घटनाः
पोखरा, ४ कात्तिक/ पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेकी थप एक जना विद्यार्थीका मृत्यु भएको छ ।
पोखराबाट थप उपचारका लागि काठमाडौं लगिएकी १५ वर्षीया अस्मी कँडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कँडेलको काठमाडौंको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको सख्या ६ पुगेको छ ।
असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा सोही दिन चार जना विद्यार्थी र एक जना स्थानीय नागरिक गरी पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरू ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली र ६५ वर्षीय स्थानीय बाबुराम तिवारी रहेका छन् ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन भए पनि अहिले सम्म प्रतिवेदन सार्वजनीक भएको छैन ।







