
पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
पोखरा, ३१ असोज/ पामे बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् ।
सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
उनीहरुलाई सहकारीको जेष्ठ सदस्य रामेश्वर बस्ताकोटीले, सहकारीका अध्यक्ष नवराज पराजुली, पुर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगाएतले सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता पनि सम्मानीत भए ।
पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले सहकारीले विभिन्न ग्राहक योजनाहरु ल्याएर घर घर सम्म पुग्ने काम गरेको बताए । उनले संस्थाले अहिले सम्म गर्दै आएका सवल पक्ष र सुधारात्मक पक्षलाई विश्लेषण गरे अगाडी बढ्ने बताए ।
साधारणसभाले कोषाध्यक्ष लेखनाथ पराजुलीको कोषाध्यक्षको प्रतिबेदन, सचिब शालिकराम लामिछानेको सचिबको प्रतिबेदन पास गरेको छ । सहकरीमा १ हजार ६ जना शेयर सदस्य रहेका छन् ।
सहकारीको अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड ६ लाख रहको छ । आर्थिक वर्ष २०८२/८३ मा २० करोड ८९ लाख निक्षेप संकलन गरी २७ करोड २७ लाख कर्जा प्रवाह गरेको छ ।







