पोखरामा कौडा खेल्दै गरेका ७ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज ३० गते २०८३ मा प्रकाशित


कौडा

कौडा

पोखरा, ३० असोज/ पोखरा महानगरपालिका–२६ विजयपुरमा कौडा खेल्दै गरेका सात जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २९ गते राति करिब १२ः४५ बजे विजयपुरमा कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।