फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनःनिर्माण पछि सञ्चालनमा

-


     क्लिक गण्डकी     
     असाेज २५ गते २०८३ मा प्रकाशित


तालबाराही मन्दिर पोखरा तस्बिरः सञ्जय शाक्य

तालबाराही मन्दिर पोखरा तस्बिरः सञ्जय शाक्य

पोखरा, २५ असोज/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण सकिए सगँ आइतबार देखी सञ्चालमा आएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गर्दछ । पुनः निर्माणमा करिब ४ वर्ष लागेको छ ।

२०७२ सालको भूकम्पका कारण भूइँतला सहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माणका लागि मन्दिर भत्काएको थियो । २०७९ को कात्तिक महिनामा मन्दिर भत्काएपनि निकै सुस्त रुपमा काम भएको थियो । काठमा पुरानै शैली अनुसार कुद्र बनाएको छ । ढिलो हुदाँ पुजा गर्न आउनेहरु मुल मन्दिरमा पुजा नगरि प्रतिमामा पुजा गरेर फर्किनु परेको थियो ।

मन्दिर निर्माणको लागि १ करोड ४० लाख रुपैयाँ खर्च लागेको ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले जानकारी दिए । पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरको निमार्ण भएको हो । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग गरेको थियो भने प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोगबाट निमार्ण भएको हो । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी अगाडी बढेको थियो ।

भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुग्नका लागि ढुङ्गा चढेर पुग्नु पर्दछ । पोखरा पुगेका पर्यटक यो मन्दिरमा अधिकांश पुग्ने गरेका फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले बताए । यो विक्रम सम्बद १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर मन्दिर स्थापना गरेको किंवदन्ती छ । त्यस पछि विक्रम संम्बद २०१७ सालमा राजा महेन्द्र विरविक्रम शाहले पोखरा भम्रणका बेला झुप्रोको मन्दिर देखेपछि निर्माण गर्न लगाएका थिए ।

तालबाराही मन्दिर ३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङ्कोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको छ ।



Tags: