
पोखरा स्कुल बस दुर्घटनाः
पोखरा, २४ असोज/ पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको शनिबार दाहासंस्कार हुन सकेन । दुर्घटनामा परेर मृत्यु भएकाको क्षतिपुर्ति र दुर्घटनामा घाइते भएको उपचारको ज्ञारेन्टी माग्दै आफ्न्तले शव बुझ्न मानेका छैनन् ।
पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएकाहरूको उपचार सुनिश्चितता माग गर्दै पीडित पक्षले यस्तो अडान लिएको हो।
शनिबार विद्यालय व्यवस्थापन र आफ्न्तहरु बिच वार्ता भएको थियो । मृतकका आफ्न्तले जाहेरी दिएका छैनन् भने शवहरु पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको शव गृहमा राखिएको छ । मृत्यु हुनेमा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ बर्षकी सुबेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् ।
ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा १५ जना घाइते भएका छन् । त्यस मध्ये ११ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचाररत छन् । त्यस मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।







