काँग्रेस कास्की क्षेत्रनम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८३ मा प्रकाशित


काँग्रेस कास्की क्षेत्रनम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

काँग्रेस कास्की क्षेत्रनम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

पोखरा, १६ असोज/ नेपाली काँग्रेसका युवा नेता सरोज केसी कास्की क्षेत्रनम्बर १ को क्षेत्रीय समितिको सभापतिमा निर्वाचित भएका छन् ।

पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिका लागि सभापतिका निटकतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गरे । विजयी भएका केसीले कुल खसेको ९ सय ७० मतमा ४ सय ७२ मत ल्याए भने गुरुङको ४ सय ११ मत प्राप्त गरे ।

सभापतिकै अर्का उम्मेदवार अप्सरा श्रेष्ठको ७० मत प्राप्त गरिन् । २ दिनअघि भएको मतदानको बिहीबार राति साढे १ बजेमात्र गणना सकिएको हो । काँग्रेसमा लामो समयदेखि सक्रिय केसी यसअघि प्रदेश सभा सभापति थिए ।

यसैगरी, कास्की क्षेत्र नम्बर १ (ख) सभापतिमा अर्जुन गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा लोकबहादुर गुरुङ मात्र १ मतान्तरले निर्वाचित भए, सचिवमा किरण अधिकारी २ सय ९६ मतसहित विजयी भए । यसअघि कास्की क्षेत्र नम्बर १ (क) सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसकेका थिए ।