
विश्व पर्यटन दिवसमा पोखरा भुटानको राष्ट्रिय क्रिकेट टोलीको अभ्यास खेल
पोखरा, ५ असोज/ विश्व पर्यटन दिवसको अवसर पारेर पोखरामा भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले चार वटा अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा आईसीसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीमा रहेको भुटानको टोलीले खेल्न लागेको हो ।
पोखरामा चारवटा अभ्यास खेल खेल्ने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
असोज ११ र १२ मा पोखरा क्रिकेट मैदानमा गण्डकी प्रदेश क्रिकेट टोली र भुटान राष्ट्रिय टोलीबीच पहिलो अभ्यास खेल हुनेछ । त्यसै गरी असोज १४ र १५ गते भुटान राष्ट्रिय टोलीले क्यान–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
गण्डकी प्रदेश क्रिकेट संघले भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणलाई क्रिकेट र पर्यटनलाई एकसाथ जोड्ने अवसर भएको अध्यक्ष सिग्देलले बताए ।







