२८औँ पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८३ मा प्रकाशित


२८औँ पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई

२८औँ पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई

पोखरा, १ असोज/ अग्रेजी नयाँ वर्षमा पोखरामा आयोजना हुदै आएका पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई चयन भएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने २८औँ पोखरा सडक महोत्सवको संयोजकमा भट्टराई चयन भएका हुन् ।

रेवानको बिहीबार बसेको बैठकले रेवान पोखराका द्वितीय उपाध्यक्ष योगेश भट्टराईलाई सर्वसम्मत चयन गरेको महासचिब विरेन्द्र शेरचनले जानकारी दिए । पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सहित पुस १३ गतेदेखि १७ गतेसम्म लेकसाइड क्षेत्रमा सडक महोत्सव आयोजना हुँदै आएको छ ।

साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य सहित हुदै आएको छ ।

रेवान पोखराको आयोजनामा “सडक मै खाऊँ, सडक मै नाचौँ, सडक मै रमाऊँ” भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले खाना, संस्कृति र संगीतलाई एकै स्थानमा प्रवद्र्धन गर्दै आएको छ ।

त्यसै गरी असोज ११ गते आयोजना हुन विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा रेवान पोखराका कार्यसमिति सदस्य कृष्ण अधिकारी चयन गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने मिनि सडक महोत्सव मार्फत “पोखरा खुला छ” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महासचिब शेरचनले बताए ।



This will close in 10 seconds