पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम, गोर्खा एडिसन सार्वजनिक

-


     क्लिक गण्डकी     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम, गोर्खा एडिसन सार्वजनिक

पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम, गोर्खा एडिसन सार्वजनिक

पोखरा, १५ भदौं/ विश्वकै पूरानो ब्राण्ड रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमा बजार उपस्थिति थप विस्तार गर्ने उद्देश्य सहित स्थापना गरिएको शोरुमको सोमबार अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले उद्घाटन गरे ।

पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभले सञ्चालनमा ल्याएको नयाँ शोरुम मार्फत पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकल प्रेमीलाई रोयल इन्फिल्डको विशिष्ट मोटर साइकलिङ अनुभव अझ नजिकबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि रहेको छ । नयाँ शोरुमको नेतृत्व अटो व्यवसायी शिशिर सुबेदी र प्रमेश पराजुलीले गरेका छन् ।

नयाँ शोरुमले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । शोरुममा रोयल इन्फिल्डका मोटरसाइकल अवलोकन गर्नुका साथै तिनको विशेषता र डिजाइनबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ । शोरुम सँगै सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको छ ।

सेवा केन्द्रमार्फत रोयल इन्फिल्डका ग्राहकलाई नियमित मर्मत सम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

गोर्खा एडिसनको विशेष अनावरण

उद्घाटन समारोहको रोयल इन्फिल्ड गोर्खा एडिसन मोटरसाइकलको अनावरण गरिएको छ । मोटरसाइकलको अनावरण अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरे ।

गोर्खा एडिसनले गोर्खा योद्धाहरूको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्ने अवधारणा बोकेको उनले बताए । गोर्खा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नयाँबजार स्थित शोरुमले पोखरा तथा आसपासका क्षेत्रका ग्राहक र राइडरलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ संस्कृतिसँग अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वकै पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो । विशिष्ट डिजाइन, कालजयी पहिचान र ‘पियोर मोटरसाइकलिङ’को मौलिक अवधारणाका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ ।

https://www.facebook.com/share/r/1jpTDJDU4G/