
पोखराका मन्दिरमा भजनकीर्तनमा एमआरआर
पोखरा, १६ जेठ/ एमआरआर ग्रुप पोखराले साप्ताहीक रुपमा गर्दै आएको भजनमा अहिले देश व्यापी बनेको छ । करिब ३ वर्ष देखी निरन्तर चल्दै आएको भजनले युवाहरुमा भजन प्रति मोह बढाएको छ । सूर्यास्तको घडी । मधुरो घामको लालीले धर्ती छाड्ने बेला मन्दिर परिसरमा भजन शुरु हुने गरेको छ । हातमा खैजडी, मुजुरा र मादल लिएर स्थानिय भाकाको लोक भजन गाउँदा कोही सगँ सगैँ गाउछन् भने कोही नाच्न थाल्छन् ।
झमझम बज्ने भजनमा हेर्न र नाच्न पोखरामा साप्ताहीक रुपमा भेट हुनेमा युवा देखी बृद्धा सम्म पुग्ने गर्दछन् । एमआरआर ग्रुप पोखराले साप्ताहीक रुपमा गर्दै आएको भजनमा अहिले युवा, महिला, बुढाबुढीहरु भजनको माहोलमा रम्ने गरेका छन् । करिब तीन वर्ष देखी साप्ताहिक रुपमा चल्दै आएको भजन ठम मन्दिर र प्राकृतिक सम्पदाहरुमा सञ्चालन हुदै आएको छ । प्रत्येक शनिबार साढे १ घण्टा भजन गाउँदै आएको एमआरआरका सक्रिय सदस्य जुपिजर पौडेलले बताए ।
प्रत्येक शनिबार फरक फरक मन्दिरमा गर्दै आएको छ । युवाहरुलाई भक्तिभाव जगाउन भजन गाउदै आएको एमआरआर ग्रुप पोखराका सक्रिय सदस्य उत्तम बराल बताउ छन् । पहिले दुई चार जनाबाट शुरु भएको अभियान अहिले विशाल भई सकेको छ । युवाहरूले आधुनिक प्रविधि र सांगीतिक शैलीमा भजन गाएर सामाजिक र आत्मिक जागरणमा योगदान दिएका छन्।
एमआरआर अर्थात मेन्स रुम रिलोडेड केही वर्षअघि कुनै युवाले रहरै–रहरमा एउटा फेसबुक पेज बताएका थिए । सामाजिक सञ्जालमा युवा आवाजलाई एकढिक्का बनाउने सामर्थ्य अहिले यो ग्रुपले जुटाउँछ । अघिल्लो शनिबार पोखरा ५ को सन्तानेश्वर महादेवमा भजनकीर्तन गरेका थिए भने यो शनिबार पोखरा ५ को मनकामना मन्दिरमा भएको थियो ।





