
पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी
पोखरा, २१ फागुन/ कास्कीमा जारी निर्वाचनमा ६० प्रतिशत मतखसेको छ ।
कास्की जिल्लाभर दिऊसो साढे ४ बजे सम्ममा ६० प्रतिशत अर्थात करिब १ लाख ८० हजार मत खसेको निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए ।
अहिले जिल्लामा निर्वाचन प्रक्रिया सौहार्दपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए ।
कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका छन् । मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना कार्य सुरु गरिने तयारी गरिएको छ ।





