यस वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०८२ मा प्रकाशित


एसइई

see

पोखरा, ७ माघ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुने भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ ।

सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।