संसदीय निर्वाचनका लागि कास्की काग्रेसमा तीन क्षेत्रमा उमेद्वार बन्न कांग्रेसका ६८ जना आकांक्षी

-


     क्लिक गण्डकी     
     मंसिर २४ गते २०८२ मा प्रकाशित


नेपाली कांग्रेस

नेपाली कांग्रेस

पोखरा, २४ मंसिर/ फागुन २१ गते संसदीय निर्बाचनका लागि नेपाली काग्रेस कास्कीले आकाक्षीको नाम लिएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले सबै निर्बाचन क्षेत्रस्थित पार्टी समितिलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको सदस्यको उमेद्वार चयन गरेका छ । कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट ६८ जनाले आकाक्षीमा नाम दर्ता गरेका छन् ।

एउटा निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन जनाको नाम पठाउने छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्रले आकाक्षीहरुको नाम संकलन गरेको छ । नेपाली काँग्रेसको कास्की क्षेत्र नम्बर १ ले आइतबार र क्षेत्र नम्बर .२ र ३ ले सोमबार कार्यकर्ताको भेला गरि आकाक्षीहरुको नाम संकलन गरेको हो ।

सम्भावित उमेदवारको नाम संकलन गर्नको लागि कास्की क्षेत्र न. १ र २ ले प्रति व्यक्ति १० हजार रुपैयाको दरले रकम संकलन लिएको छ । क्षेत्र नम्बर ३ ले भने प्रति व्यक्ति ५ हजार रुपैयाको दरले रकम संकलन गरेको छ ।

कास्की क्षेत्र नम्बर १ बाट २० जनामध्ये १२ जनाले प्रत्यक्षतर्फ र ८ जनाले समानुपातिक तर्फ आबेदन दिएका छन् । क्षेत्र नम्बर २ मा १९ जना मध्ये १२ जनाले प्रत्यक्षतर्फ र ७ जनाले समानुपातिकतर्फको उमेद्वारी दिएका छन् । कास्की क्षेत्र नम्बर ३ मा २९ जनाले प्रत्यक्ष तर्फ १६ जना र समानुपातिक तर्फ १३ जनाले आबेदन दिएका छन् ।

कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कृष्ण बहादुर केसी, तिलक रानाभाट, जीवन परिवार, गुरु बराल, सुदिप मोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरीराज गौतम र सोभिता कार्की, समानुपातिक तर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाले उमेद्वारी दिएका छन् ।

यसैगरी कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फबाट उमेदवारीको चाहना राख्नेहरुमा वीरेन्द्रनारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला ‘मधु’, सिरोज विजय कोइराला, ई. सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल, माइकल कर्माचार्य छन् । समानुपातिक तर्फबाट उमेदवारीको चाहना राख्नेहरुमा रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला रहेका छन् ।

कास्की क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ मनोज गुरुङ, विजय गुरुङ, देवन्द्र केसी, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा. कृष्ण प्रसाद पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवन प्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल छन् ।

समानुपातिकतर्फ कृष्ण कुमारी परियार, कमला बिन्दु बराल, विजया लक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भिम बहादुर गुरुङले उमेदवार बन्न चाहेका छन् । यसरी ठुलो संख्यामा संसदीय निर्बाचनमा उमेदवार बन्ने चाहना राख्नेहरु देखिएपनि सम्भावित उमेद्वारको रुपमा चर्चा गरिएका कतिपय नेताले भने उमेदवारको सूचीमा नाम दिएका छैनन् ।