टी- २० विश्वकप २०२६ मा नेपाल समुह सि मा

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०८२ मा प्रकाशित


यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्

पोखरा, ६ मंसिर/ आगामी वर्ष भारत र श्रीलङ्का संयुक्त रूपमा आयोजना गर्ने टी- २० विश्वकप २०२६ का लागि नेपाल समुह सि मा परेका छ । नेपालले इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली सँग खेल्ने छ ।

यो समूहमा दुई पूर्व च्याम्पियन इङ्ल्याण्ड र वेस्ट इन्डिज, उपमहाद्वीपमा बलियो प्रदर्शन गर्ने बंगलादेश रहेका कारण यो समूहलाई क्रिकेट विश्लेषकहरूले ‘ग्रुप अफ डेथ’ पनि भन्दै आएका छन्। नेपालका लागि यसै समूहमा शीर्ष दुईमा पर्नु चुनौतीपूर्ण देखिन्छ।

समुह ए
भारत, पाकिस्तान, नेदरल्याण्ड, नामिबिया, संयुक्त राज्य

समुह बि

श्रीलङ्का, अष्ट्रेलिया, जिम्बाब्वे, आयरल्याण्ड, ओमान

समुह सि

नेपाल, इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली

समुह डि

दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, युएई, क्यानडा