
भुटान एयरको पोखरा–पारो सिधा उडान शुरु
पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको छ।
भुटान स्थित पारो अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखरा चालक दल मात्रै आएको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बर सहित पारो बिमानस्थलमामा सुरक्षित अवतरण गरेको छ।
जेनजी आन्दोलनका कारणले पूर्व निर्धारित समय र टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने जनाएको छ ।
अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण री(सेड्युल भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो।
बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सले जनाएको छ ।





