लेखनाथ उबासंघः १५०० मत गणना, जानुका अगाडी

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


राजेन्द्र र जानुका

राजेन्द्र र जानुका

पोखरा, २२ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन मतगणना जारी छ । १५ मतगणना हुदाँ जानुका अधिकारी पराजुलीको प्यानल नै अगाडी छ ।

पदाधिकारी तर्फको १ हजार ५ सय मतगणनाको परिणाम सार्बजनिक हुँदा अध्यक्षमा जानुका पराजुली अधिकारीले ७ सय ९१ मत प्राप्त गर्दा प्रतिद्वन्दी राजेन्द्र ओझा भन्दा १२२ मतले अग्रता लिईरहेकी छन् ।

अध्यक्षका अर्का उमेदवार राजेन्द्र ओझाले ६ सय ६९ मत पाएका छन् । जानुकाले मतान्तर फराकिलो बनाउंदै लगेपछि जनुकाका समर्थकहरु उत्साहित देखिएका छन् ।

अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष र महासचिब लगायतको मतमा पनि जानुकाको प्यानलले अग्रता पाइरहेको छ । प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, उपमहासचिब, कोषाध्यक्ष लगायतका पदमा भने जानुकाको प्यानलका उमेद्वारहरुले मतान्तर फराकिलो बनाउंदै गएको र उनको प्यानलका अन्य पदाधिकारीहरुले मतगणनामा अग्रता लिईरहेका छन् ।

कार्यसमितिको सदस्यमा पनि जानुका प्यानलका सबैजसो उमेदवारहरुले अग्रता लिईरहेका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन् । उनले २७ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरे । जानुका प्यानलका पदाधिकारीहरुले पाएको मत यसप्रकार रहेको छ

अध्यक्ष ः जानुका अधिकारी पराजुली ७९१
वरिष्ठ उपाध्यक्ष ः गोपिचन्द्र वास्तोला ७९४
प्रथम उपाध्यक्ष ः विक्रम कर्माचार्य ९०४
द्वितीय उपाध्यक्ष ः ध्रुबबाबु भट्टराई ९५७
महासचिव ः भरतराज ओझा ७५२
उपमहासचिव ः गंगा कुमारी मल्ल ८४८
कोषाध्यक्ष ः हरि वस्ताकोटी ८०५
राजेन्द्र प्यानलका पदाधिकारीहरुले प्राप्त गरेको मत यस प्रकार रहेको छ
अध्यक्ष ः राजेन्द्र ओझा ६६९
वरिष्ठ उपाध्यक्ष ः उपेन्द्रराज सुवेदी ६६२
प्रथम उपाध्यक्ष ः मेनुका श्रेष्ठ ५५२
द्वितीय उपाध्यक्ष ः धिरजकुमार श्रेष्ठ ४९९
महासचिव ः जिवन तिवारी ७०७
उपमहासचिव ः लक्ष्मीप्रसाद ढुगाना ६०८
कोषाध्यक्ष ः टिकाराम सापकोटा ६३६