
जनता पार्टी कास्कीको अध्यक्षमा अर्जुन केसी चयन
पोखरा, २२ भदौ/ प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ।
शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ।
आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह(सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन वि।क।, अनिता कोइराला, अनिता वि।क।, रेणु थापा र श्यामसुन्दर यादव छन्।
यस अघि पार्टीका केन्द्रीय सह(अध्यक्ष तिलक थापाले भेलाको उद्घाटन गरेका थिए। उक्त अवसरमा पार्टीका सह(अध्यक्ष थापा मगरले देशमा भ्रस्टाचार , अन्याय , अत्याचार र बेथिति बढेको, राज्यका सबै तह र निकायहरुमा चरम राजनितिकरण बढेकाले अहिलेकै व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नभएकाले यस व्यवस्था फाल्न आफ्नो पार्टी तेश्रो जनआन्दोलनको तयारीमा गरे।
उनले आफूहरुको पार्टी मात्र जनपक्षीय र राष्ट्रवादी पार्टी भएको जिकिर गर्दै आम जनता पार्टीलाई उत्पीडित जनता र राष्ट्रिय स्वाधीनताको लागि पार्टीमा आबद्ध हुन् आम नेपाली जनता समक्ष आव्हान गरे। थापा मगरले भने, ँकााग्रेस(एमालेको गठवन्धनमा बनेको केपी ओलीको सरकारले जनविरोधी र राष्ट्रघाती काम गर्दै आएकाले आम जनता पार्टीले यस्ता हर्कतविरुद्ध भत्र्सना र खबरदारी गर्दै आएको छ। यो पार्टीभित्र देशको भविष्य निर्माण गर्ने दृष्किोण छ। देश विकासका लागि मार्गनिर्देशन गर्ने आफ्नै किसिमको सिद्धान्त छ।’
पार्टी स्थायी कमिटि सदस्य एबम गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले व्याप्त बिकृति र विसंगतिकाबिरुद्ध लड्न आफूहरुको पार्टीले आइटी आर्मी गठन गरेको दाबी गर्दै भ्रष्टाचार र लुटतन्त्र मच्चाउन खोज्नेहरुलाई आईटी आर्मीले ठेगान लगाउन बताए।
कार्यक्रममा पार्टीको प्रदेश सह(अध्यक्ष रामजी गुप्ता, कास्की जिल्ला ईञ्चार्ज सन्तोष शाह, गण्डकी प्रदेश सचिव विमल काडेल, आइटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभागकी अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडरेशन नेपालका प्रदेश ईञ्चार्ज हरि थापालगायतले बोलेका थिए।
अर्जुन केसीको अध्यक्षतामा बसेको भेलालाई महिला मोर्चा गण्डकी प्रदेश ईञ्चार्ज सीता सुवेदीले स्वागत र प्रदेशको पार्टी प्रवक्ता सूर्यबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए।
सोही कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न पार्टी लगायतका राजनीतिक पार्टीहरु परित्याग गरी करीब एक दर्जन नेता तथा कार्यकर्ता आम जनता पार्टीमा प्रवेश गरेका थिए।





