अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको अध्यक्षमा जितु गुरुङ

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८२ मा प्रकाशित


अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको अध्यक्षमा जितु गुरुङ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीको अध्यक्षमा जितु गुरुङ

पोखरा, १७ साउन/ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी प्रदेश गठन भएको छ । अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा १९ सदस्य प्रदेश कमिटि गठन भएको हो ।

महासंघ गण्डकीको बरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ (उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन् ।

त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुमार रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा युवा उद्यमशीलताको सञ्जाल विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवा उद्यमीहरूको पहुँच र अवसर सृजना गर्न प्राथमिकता दिने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा (भाङ) खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने बताए । उनले भाङ खेतीलाई बहुपयोगी बालीका रूपमा अघि बढाउन जोड दिए ।

उनले गाँजा दुरुपयोगको सम्भावना भएकाले कडा कानुनी व्यवस्थासहित प्रदेश सरकार अघि बढेको बताए । उनले प्रदेश सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने दिशामा संस्थाले काम गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि प्रदेशस्तरमा आकर्षक गन्तव्य विकास गर्नुपर्नेमा जोड दिए ।

महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्र प्रताप शाह, बागमती प्रदेशका अध्यक्ष कृष्ण खतिवडा लगाएतले फिनेले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्ने काम गरेको बताए । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको उनीहरुको भनाई छ ।



Tags: