मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८२ मा प्रकाशित


मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड

मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड

पोखरा, २९ असार/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड–२०८२’ कार्यक्रमबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल भएकोमा मदरल्याण्डलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड विद्यालयका संचालकमध्ये एक कृष्ण बराल र प्लस टु इन्चार्ज नारायण आचार्यले ग्रहण गरेका हुन् । गण्डकी प्रदेशमा मात्रै नभई आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्याण्ड शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको प्राचार्य डा नारायण बराल बताउँछन् ।

सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित मदरल्याण्डमा कास्कीलगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई समान अवसर प्रदान गर्दै आएको विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा जोड दिँदै उत्कृष्ट नतिजा आत्मसाथ गर्दै आएको छ ।

शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

पोखरा–७, मासबारस्थित मदरल्याण्डले एसइई तथा कक्षा–१२ को बोर्ड परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । २०८० को एसइईमा यहाँबाट १० जनाको र २०८१ मा ११ जनाको सर्वोत्कृष्ट ४ जिपिए आउन सफल भएको थियो । कक्षा १२ को बोर्ड परीक्षामा पनि लगातारजसो नेपाल टप हुने गरेको छ ।



Tags: