स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए

-


     क्लिक गण्डकी     
     असार १४ गते २०८२ मा प्रकाशित


स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए

स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए

स्याङ्जा, १४ असार/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले संचालन गरेको माध्यमिक (कक्षा १०) शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका चार जना विद्यार्थीले चार (फो) जिपिए ल्याएका छन् । सामुदायिक तर्फ एक र निजी विद्यालयका तीन जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।

जिल्लाको सामुदायिक विद्यालय तर्फ कालिगण्डकीको भगवती माविका प्रतिक भट्टराई, निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुबेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुनचौपारीको चिल्डेन एकेडेमीका किन्जल देबकोटाले चार जिपिए ल्याएका हुन् । चार जिपिए ल्याउने चार जनामा दुई छात्रा र दुई जना छात्र रहेका छन् ।

स्याङ्जाबाट २०८१ को एसइईमा परीक्षामा तीन हजार ७ सय ३३ जना विद्यार्थी सहभागि थिए । ३.६ जीपीएदेखि ४ जिपिएसम्म ३ सय २४ जना, ३.२ जिपिएदेखि ३.६ जिपिएसम्म ७२६, २.८ जिपिएदेखि ३.२ जिपिएसम्म ९५०, २.४ जिपिएदेखि २.८ जिपिएसम्म ४८२ जना गरी २ हजार ५ सय १६ जना उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागि भएका मध्ये ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार उत्तीर्णमध्ये ९० जना प्राविधिक विद्यार्थी रहेका छन् । गत वर्षका परीक्षामा त्रिभुवन आदर्श माविका एक विद्यार्थीले मात्रै चार जिपिए ल्याएका थिए ।



Tags: ,