
मदरल्याण्ड
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । त्यस मध्ये मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
यस वर्ष कास्कीमा सरकारी विद्यालयबाट पनि धेरै विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्ड अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जीपिए ल्याएका छन् ।
त्यसै गरी पोखरा १७ मा रहेको फिष्टेल एकेडेमीका ४ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखरा वडा नम्बर ५ पस्र्याङको शान्ति निकेतन स्कूलका दुई छात्रले ४ जीपीए प्राप्त गरेका छन् । शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।
त्यसै गरी भाष्कर मेमोरीय स्कुल पोखरा ११ का सौगात लामिछाने र अदिति पौडेलले ४ जिपिए ल्याएका छन् । प्रतिभा माविका प्रोमिश ढकालले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यसै गरी सृजना बोडिङ स्कुलकी योन्जन माझी, हिमायलन बोडिङ स्कुल पोखरा १७ का २ विद्यार्थी, टप्स सेकेन्डरी स्कुलकी रत्ना पौडेल, न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयकी प्रकृति घर्ति क्षेत्री, बालमन्दिर सेकेन्डरी स्कुल आदिम बास्तोला, पोखरा १७ छोरेपाटन माविका श्रेया लामिछाने, जनचेतना मावि पोखरा २१ की रिपना गिरी, मर्निङ स्टार सेकेन्डरी स्कुल कास्की नौ डाडाँका समिर अधिकारीले ४ जीपिए ल्याएका छन् ।
त्यसै गरी पोखरा ८ जनप्रिय माविका विद्यार्थीले पनि ४ जीपिए ल्याएको विद्यालय जनाएको छ । देश भरबाट ९ सय ७१ जना विद्यार्थीले ४ जीपिए ल्याएका थिए ।





