एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने नतिजा

-


     क्लिक गण्डकी     
     असार १३ गते २०८२ मा प्रकाशित


एसइई

see

पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीषा (एसईई)को नतिजा शुक्रबार साढे ५ बजे पछि सार्वजनिक हुने भएको छ ।

शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डको दोस्रो बैठक बसेपछि नतिजा सार्वजनिक हुने जनाइएको छ ।

प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए ।

एसईईको नतिजा वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।



Tags: ,