
see
पोखरा, १२ असार/ राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ।
उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ भने प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ । एसइई परीक्षाको नतिजा हिलोमा एक साताभित्र सार्वजनिक हुने कार्यालयको भनाई छ ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको बताए । गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।





