सिन्धुपाल्चोकमा भूकम्पः काठमाडौं, पोखरा लगाएतका शहरमा धक्का, कैदीको हात भाँचियो

-


     क्लिक गण्डकी     
     फागुन १६ गते २०८१ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, १६ फागुन/ सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु बनाए गएराति ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति २ बजे ५१ मिनेटमा गएका भूकम्पको महशुस काठमाडौं, पोखरा लगाएतका शहरहरुमा पनि गरिएको थियो ।

भूकम्प मानवीय र ठूलो भौतिक क्षति केही नभएको प्रहरीले जानकारी दिएको छ । आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु थप विवरण आउन बाँकी छ ।



Tags:

This will close in 10 seconds