२६ औ संस्करणका सडक महोत्सव तयारी पुस दोस्रो साता

-


     क्लिक गण्डकी     
     मंसिर २४ गते २०८१ मा प्रकाशित


२६ औ संस्करणका सडक महोत्सव तयारी पुस दोस्रो साता

२६ औ संस्करणका सडक महोत्सव तयारी पुस दोस्रो साता

पोखरा, २४ मंसिर/ अँग्रेजी नयाँ वर्षमा पोखरामा आएका पर्यटकलाई अन्यत्र नयाँ वर्ष मनाउन जान नपरोस् भन्ने उद्देश्यल पोखरामा आयोजना हुदै आएका पोखरा सडक महोत्सव २६ औ पटक हुदैछ ।

२५ वर्ष अगाडि फरक अवधारणाका साथ शुरु गरिएको ‘स्ट्रिट फेस्टिवल’ को २६ औं संस्करण ‘पोखरा सडक महोत्सव’ पुष १३ देखि १७ सम्म पोखरामा हुने भएको छ ।

‘सडक मै खाउँ सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिने यो महोत्सवमा फरकपन ल्याउने महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष आइतबार आयोजित पत्रकार सम्मलेना रेवान पोखराका कार्यबाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

पोखरा सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको भएको उनले बताए । उनले सडकमा पाँच दिन नै सांस्किृतक कार्यक्रम हुने जानकारी दिए ।

महोत्सवमा साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, कन्सर्ट तथा डकुमेन्ट्री प्रर्दशनी, विभिन्न खेलकुदको, रात्रिकालीन कन्सर्ट आयोजना हुने छन् । सडक महोत्सवमा ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको विश्वास छ ।

पाँच दिनसम्म चल्ने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि खहरे सम्म ३ किलोमिटर क्षेत्रमा हुनेछ । महोत्सवमा हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई पनि प्राथमिकता साथ स्टलमा राखिने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।

नेपालको कला सँस्कृतिलाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्नको लागि महोत्सव सहयोगी रहेको उनको विश्वास छ ।



Tags: