
नेपाल आयल निगम पोखरा झेल
पोखरा, १६ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ १ सय ५९ र काठमाडौं, पोखरा र दीपायलमा १६० कायम भएको छ ।
त्यस्तै, हवाई इन्धनको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।





