रास्वपा सभापति लामिछानेलाई म्याद थपका गर्न अदालत लगिँदै, रास्वपाले पोखरामा प्रर्दशन गर्ने

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


सरकारी वकिलको कार्यालयमा

सरकारी वकिलको कार्यालय

पोखरा, २० कात्तिक/ रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की प्रहरीले जिल्ला अदालत कास्की आज लैजादै छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई कास्की अदालतमा प्रस्तुत लाग्नेको हो । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेको हो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।

अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका गर्न लागेको जनाएको छ ।

रास्वपाले लामिछानेको रिहाइका माग गर्दै पोखरा र अन्य ठाउँमा प्रर्दशन गर्दै आएको छ । आज पनि साढे १० बजे पोखराका जिरोकिमीबाट प्रर्दशन गर्ने रास्वपाले जनाएको छ ।



Tags: